कलैया, ०५ माघ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा सुरक्षाका लागि छुट्टै योजना तयार पारेको छ। सुरक्षा दिन सहज होस् भनेर फरक-फरक दललाई फरक-फरक समय विभाजन गरिएको हो।
कार्यालयले जनमत पार्टीको लागि बिहान १० बजे, नेपाल जनता पार्टीको लागि १०:१५ बजे, चन्द्र प्रकाश सुवेदी (स्वतन्त्र) को लागि १०:३० बजे, नेपाल कम्यूनिष्ट पार्टी (एमाले) को लागि १२ बजे, मंगोल नेशनल अर्गनाइजेसनको लागि १२:३० बजेसम्म समय छुट्याएको छ।
यस्तै नेपाली कांग्रेसका लागि दिउँसो १ बजे, नेपाली कम्यूनिष्ट पार्टीको लागि २ बजे, राष्ट्रिय स्वतन्त्र पार्टीको लागि २:१५ बजे, जनता समाजवादी पार्टीको लागि २:३० बजे, आम जनता पार्टीको लागि ३ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि ३:१५ बजे, नेपाल लोकतान्त्रिक पार्टीको लागि ३:३० बजे र स्वतन्त्रको लागि १० बजेदेखि ५ बजेसम्म समय छुट्याएको छ।
भोलि देशभर उम्मेदवारी दर्ता हुँदै छ।





