Monday, June 8, 2026

हातहतियार बुझाउन बारा प्रशासनको आग्रह

spot_img

कलैया, ०६ माघ । जिल्ला प्रशासन कार्यालय बाराले शान्तिसुरक्षाका लागि व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना बुझाउन सम्बन्ध सबैलाई आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई द्वारा जारी सुचनामा आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना माघ १८ गतेभित्र अनिवार्य रूपमा बुझाउन उल्लेख छ ।

नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन प्रशासनले अनुरोध गरिएको छ । तोकिएको समयमा नबुझाउनेलाई कानुन बमोजिम कार्वाही हुने समेत प्रशासनले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर