Wednesday, August 12, 2026

चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु

कलैया, ०८ माघ। सर्लाहीमा चिनी उद्योगको मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। जिल्लाको धन्कौल गाउँपालिका–३ मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धन्कौल–४ महिनाथपुर बस्ने १९ वर्षका चुनचुन राय रहेका छन्। काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।

मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्वामा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता राईले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर