Tuesday, August 11, 2026

बारामा ट्रकको ठक्करबाट स्कुटी चालकको मृत्यु, एक जना घाइते

कलैया, ११ माघ। बारामा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा पुल नजिक बिहान करिब ७ बजे वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको प्रदेश ०३–००२ ख ४१०२ नम्बरको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ०३–०२७ प ७८२९ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो।

दुर्घटनामा परी स्कुटी चालक कलैया उपमहानगरपालिका–३ निवासी जय गुप्ताका छोरा करिब २० वर्षीय आयुष गुप्ताको मृत्यु भएको छ भने स्कुटीमा पछाडि सवार वीरगञ्ज महानगरपालिका–१० घडीहर्वा निवासी विनोद साह कानुका छोरा करिब ३० वर्षीय मौसम कुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि दुबै घाइतेलाई उपचारका लागि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएको थियो । उपचारकै क्रममा आयुष गुप्ताको ईसीजी परीक्षण गर्दा मृत्यु भएको र घाइते मौसम कुमार साहको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटना पश्चात फरार भएका ट्रक लाई प्रहरीले कलैया स्थित हनुमान चोकबाट नियन्त्रणमा लिएको छ। ट्रक चालक चन्द्रपुर नगरपालिका–२ चौधरी टोल निवासी गोविन्द्र चौधरीका छोरा करिब २४ वर्षीय दिपेश चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर