कलैया, १३ माघ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् ।
उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।





