Tuesday, August 11, 2026

त्रिशूली नदी किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य स्थगित

कलैया, १३ माघ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा भेटिएको गणपति डिलक्स बसको उत्खनन कार्य आज (मंगलबार) देखि स्थगित गरिएको छ।

गत पुस २६ गते त्रिशूली नदी किनारमा बस भेटिएपछि पुस २७ गतेदेखि उत्खनन कार्य सुरु गरिएको थियो। बसको केही भाग नदीको पानीबाट बाहिर निकालिए पनि बाँकी भाग निकाल्न प्राविधिक तथा भौगोलिक जटिलताको कारण समस्या भएपछि उत्खनन कार्य स्थगित गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिएका छन्।

सोमबार (हिजो) बसको भित्री भागबाट मानव कङ्काल फेला परेको थियो। भेटिएको मानव कङ्कालबारे आवश्यक परीक्षण र थप अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए।

२०८१ असार २८ गते लेदोसहितको पहिरो खस्दा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सिमलताल स्थित त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो। बसमा सवार बाराका ६ जना सहित ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना नदीको पानी तरेर ज्यान जोगाएका थिए। धेरै दिनको खोजीपछि २४ जनाको मात्र शव फेला परेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर