Monday, June 8, 2026

बारामा आमाछोराको निर्मम हत्या, दुई जना घाइते

spot_img

कलैया, १४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा एकै परिवारका आमाछोराको निर्मम हत्या भएको छ। अज्ञात व्यक्तिको धारिलो हतियार प्रहारबाट ५२ वर्षीया आमा र उनका ३२ वर्षीय छोरा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

माघ १४ गते बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका थिए। सोही घटनामा परिवारकै अन्य दुई जना सदस्य गम्भीर घाइते भएका छन्।

घाइते दुई जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ।

हत्या कसले र किन गरेको भन्ने विषयमा हालसम्म खुल्न नसकेको भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको छ।

थप विवरण आउन बाँकी

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर