कलैया, १५ माघ। मधेश प्रदेश सरकारले माघ पूर्णिमाको अवसरमा माघ १८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयले आज एक सूचना जारी गर्दै प्रदेश मन्त्रिपरिषद्को मंसिर १६ गतेको निर्णयअनुसार माघ १८ गते आइतवारको दिन सार्वजनिक बिदा रहने जनाएको हो।
दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।






