कलैया, १५ माघ। सरकारले प्रहरीको रासन रकम बढाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले रासन स्केल बढाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।
उनले भने ‘२०८२-११-१ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको छ ।’
आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको गृहमन्त्री अर्यालले जानकारी दिएका हुन। तर, उनले कति रकम बढेको छ भने खुलाएनन्।





