Tuesday, August 11, 2026

सिरहामा गोली प्रहार गरी एक जनाको हत्या

कलैया, १६ माघ। सिरहामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवमाथि अज्ञात व्यक्तिले गोली चलाएका हुन् ।

आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयको टोलि पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालले पनि प्रारम्भिक रूपमा घटनास्थलको अवस्था हेर्दा गोली लागेको जानकारी दिएका छन।

उनका अनुसार गोली कसले र किन हानेको विषय लगायत घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर