Tuesday, August 11, 2026

बारा क्षेत्र नं. ३ मा जसपा नेपालको क्षेत्रीय भेला, प्रचार–प्रसार समिति गठन

कलैया, १७ माघ । बारा क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको क्षेत्रीय भेला सम्पन्न भएको छ। क्षेत्र कमिटी अध्यक्ष कमलेश मण्डलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा प्रतिनिधि सभा सदस्य उम्मेदवार रामबाबु कुमार यादव प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

भेलाका विशिष्ट अतिथिमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री जितेन्द्र सोनल र पूर्व अर्थमन्त्री सञ्जय यादव रहेका थिए। कार्यक्रममा आगामी राजनीतिक गतिविधि तथा निर्वाचन तयारीका विषयमा छलफल भएको थियो।

भेलामा जसपा केन्द्रीय सदस्यहरू प्रकाश चौगाईं, उमरावती देवी यादव, प्रयागराज यादव तथा डा. कलाम अन्सारीको उपस्थिति रहेको थियो। यसैगरी जसपा जिल्ला अध्यक्ष रमेश प्रसाद यादव, जिल्ला कोषाध्यक्ष विनोद यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादव तथा जसपाका नगर अध्यक्ष रञ्जित चौरसियालगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा वडा नम्बर २६ का वडा अध्यक्ष धर्मेन्द्र यादव, वडा नम्बर ६ का वडा अध्यक्ष राम विश्वास ठाकुर, वडा नम्बर १९ का वडा अध्यक्ष हरिन्द्र पटेल तथा वडा नम्बर १६ का वडा अध्यक्ष शेषनाथ शाहको पनि उपस्थिति रहेको थियो। भेलाले क्षेत्र समितिको प्रचार–प्रसार समिति गठन गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर