Saturday, August 1, 2026

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्वाचन आयोगको निर्देशन

कलैया, २७ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरी आयोगमा पेस गर्न निर्देशन दिएको छ। आयोगको आज बसेको बैठकले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन यस्तो निर्णय गरेको हो।

उम्मेदवार र दलहरूले आफ्ना भावी योजना र प्रतिवद्धता समेटिएको घोषणापत्र अनिवार्य रूपमा तोकिएको समयसीमाभित्रै पेस गर्नुपर्नेछ। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम यो निर्देशन दिइएको उल्लेख छ।

‘निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता २०८२ को दफा ३७ बमोजिम संवत् २०८२ साल फागुन ३ गते भित्र निर्वाचन घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले निर्वाचन आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न राजनितिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर