Friday, June 5, 2026

बारा–३ मा साहको घरदैलो अभियान : युवा रोजगारी र किसान समस्या समाधानमा केन्द्रित

spot_img

कलैया, ४ फागुन। बारा क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले आफ्नो घरदैलो अभियानलाई निरन्तरता दिएका छन्।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार साहले आज कलैया उपमहानगरपालिका वडा नम्बर २३ अन्तर्गतका बतौरा, कोहिरिया टोल र बैराटपुरमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष संवाद गरेका हुन। उनले नागरिकका दैनिक समस्या, अधुरा विकास योजना र युवा बेरोजगारीका विषयमा छलफल समेत गरेका हुन्।

संवादका क्रममा साहले बाराको मेरुदण्ड मानिने कृषि क्षेत्रलाई आफ्नो मुख्य प्राथमिकता रहेको समेत बताए । उनले किसानले भोग्दै आएको मल र गुणस्तरीय बिउको अभाव अन्त्य गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने र उत्पादित वस्तुको उचित बजार मूल्य सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

शिक्षा र स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्‍याउन संघीय संसद्‌मा प्रभावकारी भूमिका खेल्ने बताउँदै उनले युवाहरूलाई सीपमूलक तालिम दिएर गाउँमै रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्ने योजना सुनाए ।

डिजिटल प्रविधिको प्रयोगमार्फत सरकारी सेवा र सूचनामा नागरिकको सहज पहुँच पुर्‍याउने विषयलाई पनि साहले विशेष जोड दिएका छन्। प्रविधिको माध्यमबाट सुशासन र पारदर्शिता कायम गर्न सकिने धारणा राख्दै उहाँले यस पटक परिवर्तनका लागि ‘घण्टी’ छापमा मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो। पुराना दलहरूको कार्यशैलीबाट आजित भएका स्थानीयवासीले पनि यस पटक परिणाममुखी काम गर्ने नयाँ नेतृत्वको अपेक्षा राख्दै साहको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर