Saturday, August 1, 2026

बारा-२ मा चुनावी सरगर्मी: महागढीमाई–१ मा उम्मेदवार रामकिशोर यादवको घरदैलो

कलैया, ०५ फागुन । बारा निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ। यसै क्रममा जनता समाजवादी नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर प्रसाद यादवले आज महागढीमाई नगरपालिका वडा नं. १ मा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन्।

घरदैलोका क्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार यादवसमक्ष आफ्ना समस्या, गुनासो र अपेक्षाहरू खुला रूपमा प्रस्तुत गरेका छन्। विशेषगरी कृषि, सडक, र शिक्षाका क्षेत्रमा रहेका समस्याहरूलाई स्थानीयले प्रमुखताका साथ उठाएका थिए। उम्मेदवार यादवले ती सबै विषयलाई गम्भीरतापूर्वक सुन्दै आफू निर्वाचित भएपछि ती समस्या समाधानका लागि सदनसम्म दरिलो आवाज पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले भने, “तपाईंहरूले राख्नुभएका प्रत्येक समस्या मेरा लागि महत्वपूर्ण छन्। यी आवाजहरूलाई म सदनसम्म पुर्‍याउने र समाधानका लागि इमानदार पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

कार्यक्रममा जनता समाजवादी नेपालका स्थानीय अगुवा, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीप्रति आफ्नो स्पष्ट समर्थन रहेको जनाउँदै आगामी निर्वाचनमा पार्टी र उम्मेदवार यादवकै पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर