Friday, October 16, 2026

आठ लाख बढीको भन्सार छलीका सामान बरामद, एक पक्राउ

Advertisement
Advertisement

कलैया, १९ फागुन। प्रहरीले रुपन्देहीका विभिन्न स्थानबाट भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब ८ लाख ४० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले पछिल्लो २४ घण्टामा गरेको विशेष खानतलासीका क्रममा ठूलो परिमाणमा कुर्तासुरुवाल, पेय पदार्थ र चकलेट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–३ स्थित एक कृषि फार्ममा लुकाएर राखिएको ७ लाख १२ हजार मूल्य बराबरको ७७२ थान लेडिज कुर्तासुरुवाल बरामद गरिएको छ।

उक्त अवैध कपडा भण्डारण गर्ने फार्म सञ्चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ। यस्तै, रोहिणी गाउँपालिकाको झोलुङ्गेपुल नजिकै बेवारिसे अवस्थामा रहेका दुईवटा मोटरसाइकलबाट रेडबुल र स्नाइकर चकलेट समेत बरामद गरिएको छ।

बरामद गरिएका सम्पूर्ण सामान र मोटरसाइकल थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि बेलहिया भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर