बारा, २८ चैत । सुनसरीबाट स्रोत नखुलेको ६ लाख सहित दुई जना पक्राउ परेका छन्।
कोशी गाउँपालिका-८ भण्टावारीबाट स्रोत नखुलेको नगद ६ लाख ४८ हजार ७ सय १० नेपाली रूपैयाँ र १२ हजार ९ सय ५० भारतीय रूपैयाँ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा तिलाठी कोईलाडी गाउँपालिका-५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमाननगर-१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् ।
इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२१ प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





