Saturday, August 8, 2026

पर्सा राष्ट्रिय निकुञ्जबाट जरायोको मासुसहित दुई जना पक्राउ

बारा, ११ जेठ । पर्सा राष्ट्रिय निकुञ्ज र त्यहाँ तैनाथ नेपाली सेनाको श्री सबुज गणको संयुक्त टोलीले निकुञ्ज क्षेत्र बाट जरायोको मासु सहित दुई जनालाई पक्राउ गरेको छ ।

जेठ ८ गते तामागढीबाट करिब ३ किलोमिटर पश्चिम पर्सा राष्ट्रिय निकुञ्जको कोर ईलाकामा जरायोको मासु सहित दुई जनालाई पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्ज प्रशासनले दिएको जानकारी अनुसार प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका व्यक्तिहरू निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासकै बसोबास गर्ने स्थानीय बासिन्दा रहेको खुल्न आएको छ । उनीहरू निकुञ्जभित्र हुने अवैध वन्यजन्तु शिकार र ओसारपसारमा संलग्न रहँदै आएको प्रारम्भिक छानबिनले देखाएको छ ।

यस्तै विगत तीन महिनाको अवधिमा सुरक्षा टोलीले निकुञ्जका विभिन्न क्षेत्रबाट चार नाल भरुवा बन्दूक र सात जना शिकारी सहित भारी मात्रामा जरायोको मासु बरामद गर्न सफल भएको छ । पक्राउ परेका व्यक्तिहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत हिरासतमा राखी थप कानुनी कारबाही अगाडि बढाइने निकुञ्ज प्रशासनले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर