Friday, October 16, 2026

बारामा बालबालिकालाई बाँधेर कुटपिट गर्ने ४ महिला पक्राउ

Advertisement
Advertisement

बारा, १७ असार । मोबाइल चोरी गरेको आरोपमा चार जना बालबालिकालाई डोरीले बाँधेर निर्ममतापूर्वक कुटपिट गरेको घटनामा संलग्न चार जना महिलाहरूलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १६ टांगिया बस्तीस्थित सार्वजनिक चौतारामा सोही ठाउँ बस्ने बालबालिकाहरूलाई मोबाइल चोरीको निहुँमा बरको रुखको फेदमा डोरीले बाँधेर कुटपिट गरिएको थियो। असार १६ गते बिहान करिब ९ बजेको समयमा उक्त अमानवीय घटना घटेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोलीले अनुसन्धान सुरु गरी असार १७ गते कुटपिटमा संलग्न चारै जना महिलाहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १६ टांगिया बस्ती बस्ने ६२ वर्षीया मिना राजन मगर, ३२ वर्षीया पवि कुमारी आले मगर, ३० वर्षीया रानिमाया मोक्तान र ४२ वर्षीया निर्मला वाईवा रहेका छन्।

पक्राउ परेका उनीहरूविरुद्ध बालबालिका विरुद्धको कसूरमा मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार बारा जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर