Saturday, June 13, 2026

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ

spot_img

बारा, ३० जेठ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेत घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३४ वर्षीय सुनिल पौडेल, सिन्धुपाल्चोक घर भई भक्तपुर बस्ने २२ वर्षीय अनुप भण्डारी, जाजरकोट घर भई ललितपुर बस्ने ३४ वर्षीया कबिता सिंह र धादिङ घर भई काठमाडौं चन्द्रागिरी बस्ने २५ वर्षीय बिशु राई रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले पीडितहरूलाई पोल्याण्ड, कुक आइसल्याण्ड, अमेरिका र क्रोएसिया जस्ता देशहरूमा पठाइदिने आश्वासन दिएर ठूलो रकम असुल गरी सम्पर्कविहीन भएका थिए। जसमध्ये सुनिल पौडेलले पोल्याण्ड पठाइदिने भन्दै ३ जनाबाट २४ लाख १७ हजार रुपैयाँ, अनुप भण्डारीले कुक आइसल्याण्डका लागि १ जनाबाट ३५ लाख ५० हजार रुपैयाँ, कबिता सिंहले अमेरिका पठाइदिने बहानामा १ जनाबाट ३ लाख ७२ हजार रुपैयाँ र बिशु राईले क्रोएसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पीडितहरूको सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले बिहीबार सुनिललाई बुढानिलकण्ठ र अनुपलाई काठमाडौं महानगरपालिका-११ बाट तथा शुक्रबार कबितालाई ललितपुर र बिशुलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisementspot_img
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर