Tuesday, June 16, 2026

बाराको कुनै गाउँमा लाईन कटे यि नम्बरमा सम्पर्क गर्न सकिने (नम्बर सहित) 

बारा, ०२ असार । नेपाल विद्युत प्राधिकरण अन्तर्गत कलैया वितरण केन्द्रले विद्युत सेवा प्रभावकारी बनाउन विभिन्न फाँटका कर्मचारीहरूको नामसहित सम्पर्क नम्बर सार्वजनिक गरेको छ। उपभोक्तालाई छिटो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गरिएको केन्द्रले जनाएको छ।

मर्मत फाँटतर्फ लाइन मर्मतका लागि ०५३–५४०८५३ र ९८५५०९९८५४ नम्बर उपलब्ध गराइएको छ। त्यस्तै मर्मत प्रमुखका रूपमा प्रकाश सिम्खडा (९८४५२६०३२), मर्मत इन्चार्ज विपिन चौधरी (९८५७८७४७२) तथा अर्का इन्चार्ज दिनेश कुमार साह (९८४८५६८५९६) लाई सम्पर्क गर्न सकिने जनाइएको छ। वितरण तथा प्रसारण लाइनमा अवरोध वा विद्युत दुर्घटना भएमा यी नम्बरमा सम्पर्क गरी सेवा लिन सकिनेछ।

फ्युज सेवा अन्तर्गत विभिन्न क्षेत्रका कर्मचारीहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। कलैया क्षेत्रमा हरिश महतो (९८४९९०००७९) र चन्द्रशेखर प्रसाद (९८५४२६५०७९), कोल्हबी क्षेत्रमा सागर साह (९८४५२३२३३४), बरीयारपुरमा कमल महतो (९८५५०२२३७७), गञ्जभवानीपुरमा लालबहादुर पाण्डे (९८५४२२९२६९), पिपरामा भोला यादव (९८४९९२२३५५) र छविलाल यादव (९८५४२२२२६६) तोकिएका छन्।

त्यस्तै फेटा क्षेत्रमा लालबाबु ठाकुर (९८५५०८६८६८) र जाहेर दास (९८५४३७८०५६) तथा इन्नर्वा क्षेत्रमा उदय कुशवाहा (९८४७२९३३२३) जिम्मेवार रहेका छन्। घर वरिपरि आउने सामान्य विद्युत अवरोधका समस्या समाधानका लागि यी कर्मचारीसँग सम्पर्क गर्न सकिनेछ।

लेखा तथा प्रशासन फाँटतर्फ विष्णु प्रसाद गुप्ता (९८४९५९०५९९) लाई सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ। त्यसैगरी मिटर रिडिङ तथा बिलिङसम्बन्धी गुनासोका लागि ०५३–५४२३४४ र अशोक कुमार चौधरी (९८४५९८७०७६) लाई सम्पर्क गर्न सकिने जानकारी दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर