Tuesday, June 16, 2026

आन्दोलनमा घुसपैठ गर्ने वीरगन्जका ‘अब्बु’ भन्ने अयुब हुसेन पक्राउ 

पर्सा, ०२ असार। जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा संस्थाहरूमा आगजनी र तोडफोड गरेको आरोपमा पर्सा प्रहरीले ‘अब्बु’ भनेर चिनिने महमद अयुब हुसेनलाई पक्राउ गरेको छ।

गत भदौ २४ गते जेन–जी आन्दोलनको नाममा घुसपैठ गरी राजनीतिक नेतृत्वका निजी निवास तथा सार्वजनिक सेवा संस्थाहरूमा आगजनी र क्षति पुर्‍याएको आरोपमा संलग्न व्यक्तिहरूविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी पछि फरार रहेका वीरगञ्ज महानगरपालिका–३ निवासी फजल करिमका छोरा, ‘अब्बु’ भनेर चिनिने महमद अयुब हुसेनलाई आज पर्सा प्रहरीले पक्राउ गरेको हो। घटनामा संलग्न भनिएका नेकपा एमालेका नगर सचिव लियाकत अलीसहित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर