Tuesday, June 16, 2026

बारामा ४ किलो गाँजासहित एक जना पक्राउ

बारा, ०२ असार। बारा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित झोलुङ्गे पुल नजिकैबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटो रिक्सालाई शंका लागेर रोकी जाँच गर्दा उक्त अटोमा सवार व्यक्तिले बोकेको टाटेपाटे खैरो रङको झोलाभित्र कालो प्लास्टिकले बेरिएको २ वटा पोकामा ४ किलो ६ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो।

प्रहरीले उक्त अवैध गाँजा र अटो सहित जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २२ चकरी बस्ने ३० वर्षीय नाईस बाबु तामाङलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले पक्राउ परेका व्यक्तिमाथि हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर