Wednesday, June 17, 2026

ई-सेवाको कर्मचारी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बारा, ०३ असार । ई-सेवा डिजिटल वालेटको नक्कली कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको माधव नारायण नगरपालिका वडा नं. २ बस्ने २२ वर्षीय शुभम साह रहेका छन्। पक्राउ परेका साहले तपाईंको ई-सेवामा धेरै रिवार्ड पोइन्ट छ, किन प्रयोग नगरेको भन्दै विभिन्न नम्बरबाट फोन गरी झुक्याएर पीडितको ई-सेवा खाताबाट १ लाख ९८ हजार ४ सय ९९ रुपैयाँ इभोलुसन ट्रेडिङ प्रालि को ई-सेवा आईडीमा ट्रान्सफर गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

सो रकमबाट साहले आइफोन-१७ मोबाइल समेत खरिद गरी लगेको प्रहरीले जनाएको छ। साइबर ब्यूरोबाट खटिएको विशेष टोलीले साहलाई असार २ गते पक्राउ गरेको हो। पक्राउ पर्ने क्रममा उनको साथबाट ४ थान मोबाइल फोन, ४ थान सिमकार्ड र ठगी गर्ने प्रयोजनका लागि टिपोट गरिएका १५३ जना मानिसहरूको ई-सेवा आईडी र मोबाइल नम्बरहरू समेत बरामद गरिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका साह यसअघि पनि दुई पटक यस्तै प्रकृतिको ठगी मुद्दामा पक्राउ परी अदालतबाट धरौटीमा रिहा भएका व्यक्ति हुन्। हाल निज उपर विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर