Saturday, June 20, 2026

पर्साबाट ३७० केजी गाँजा बरामद

बारा, ०४ असार। पर्साबाट प्रहरीले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति अन्दाजी ९:१० बजेको समयमा उक्त गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार छिपहरमाई गाउँपालिका वडा नं. १ मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डो झाडीमा लुकाई छिपाई राखिएको अवस्थामा २५ वटा प्लास्टिकका पोका फेला पारिएको थियो।

ती पोकाहरू खोतलेर हेर्दा कुल ३७० किलोग्राम लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

प्रहरी टोलीले उक्त गाँजा बरामद गरी आफ्नो नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले हाल उनीहरूको तीव्र खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर