Saturday, June 20, 2026

फेटा गाउँपालिकाद्वारा आगामी आर्थिक वर्षका लागि ३९ करोड १६ लाखभन्दा बढीको बजेट सार्वजनिक

बारा, ०६ असार । बाराको फेटा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३९ करोड १६ लाख ९७ हजार रुपैयाँको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ।

गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीले शुक्रबार आयोजित १८ औं गाउँ सभाको विशेष कार्यक्रमबिच उक्त बजेट तथा नीति कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यस पटकको बजेटमा फेटा गाउँपालिकाले विशेष गरी कृषि तथा पशुपालन, सामाजिक विकास, शिक्षा, खेलकुद, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणजस्ता जनतासँग प्रत्यक्ष जोडिएका क्षेत्रहरूलाई उच्च प्राथमिकतामा राखेर योजनाहरू अगाडि सारेको छ।

गाउँपालिकाले सार्वजनिक गरेको कुल बजेटको आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा आन्तरिक राजस्वलाई मुख्य स्रोतका रूपमा प्रक्षेपण गरेको छ। जसअन्तर्गत संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड ८९ लाख रुपैयाँ र सशर्त अनुदानतर्फ १४ करोड ३९ लाख रुपैयाँ आय हुने अनुमान गरिएको छ।

यसैगरी संघीय सरकारकै विशेष अनुदानबाट ५१ लाख र समपूरक अनुदानबाट २० लाख रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको छ भने राजस्व बाँडफाँडबापत ८ करोड ७० लाख ४० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ। प्रदेश सरकारतर्फबाट समानीकरण अनुदानबापत ६८ लाख र राजस्व बाँडफाँडबाट ३० लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ।

गाउँपालिकाको आन्तरिक राजस्व र गत आर्थिक वर्षको नगद मौज्दातबापत कुल ४ करोड ४९ लाख ५७ हजार रुपैयाँ स्रोत व्यवस्थापन हुने जनाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर