Saturday, June 20, 2026

विश्रामपुर गाउँपालिकाले ल्यायो ३५ करोड ५१ लाखभन्दा बढीको बजेट

बारा, ०६ असार । बाराको विश्रामपुर गाउँपालिकाको १९औं गाउँ सभा आज शनिबार सम्पन्न भएको छ ।

गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा आयोजित उक्त गरिमामय सभामा आगामी आर्थिक वर्षका लागि कुल ३५ करोड ५१ लाख ३० हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।

गाउँपालिकाको सर्वाङ्गीण विकास, आर्थिक समृद्धि र जनमुखी योजनाहरूलाई प्राथमिकतामा राख्दै सो बजेट सार्वजनिक गरिएको हो । उक्त गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष श्रीमति प्रियंका देवी, प्रमुख प्रशासकीय अधिकृत सुनील प्रसाद केशरी लगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी, सभामा सम्पूर्ण सभा सदस्य जनप्रतिनिधिहरू, गाउँपालिकाका कर्मचारीहरू, सुरक्षा व्यवस्थापनका लागि गाउँ प्रहरीहरू, सञ्चार क्षेत्रका पत्रकारहरू तथा स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर