काठमाडौं, ०७ असार। नेपाली कांग्रेसका सभापति गगन थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको उदघाटन सत्रमा सहभागी हुने भएका छन् ।
थापा रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन जाने उनका स्वकिय सचिव शंकर कुइकेलले जानकारी दिए ।
महाधिवेशनको उदघाटनमा सहभागी हुन रास्वपाले विपक्षी दलहरुलाई निम्तो दिएको थियो । रास्वपा महाधिवेशनको आज चितवनको उदघाटन हुँदैछ ।



