Monday, June 22, 2026

कोशीबाट भित्रिएको मनसुन थप चार प्रदेशमा विस्तार

बारा, ०८ असार । यस वर्षको मनसुनी प्रणाली नेपालमा सामान्य समयभन्दा ६ दिन ढिलो गरी प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतया जुन १३ मा भित्रिनुपर्ने मनसुन यसपालि शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको हो ।

हाल यो प्रणाली पूर्व र मध्य नेपालका पाँचवटा प्रदेशहरूमा विस्तार भइसकेको छ । जसका कारण ती क्षेत्रहरूमा वर्षाको क्रमसमेत सुरु भएको छ । मौसमविद्हरूका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभागसहित मधेश, बागमती, गण्डकीका केही क्षेत्र र लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिसकेको छ ।

यद्यपि, मनसुनी वायु अझै बलियो भइनसकेकाले देशका बाँकी पश्चिमी क्षेत्रहरूमा पुग्न अझै केही दिन लाग्ने अनुमान गरिएको छ । महाशाखाले मौसमको निरन्तर अनुगमन गरिरहेको र सर्वसाधारणलाई आगामी तीन दिनको मौसम बुलेटिन हेरेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यो वर्षको समग्र मनसुन अवधिमा नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम केही बढ्ने प्रक्षेपण गरेको छ । विशेष गरी कर्णालीको दक्षिणी भेग, लुम्बिनी प्रदेशका धेरैजसो क्षेत्र, मधेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी क्षेत्रमा सरदरभन्दा कम पानी पर्ने सम्भावना औँल्याइएको छ ।

वर्षा कम हुने अनुमान गरिए पनि छोटो समयमा हुने भारी वर्षा र यसले निम्त्याउन सक्ने जोखिमप्रति सचेत रहन मौसमविद्हरूले सुझाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर