Monday, June 22, 2026

यात्रुलाई सास्ती दिने १० जना पक्राउ

बारा, ०७ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख, हैरानी र अमर्यादित व्यवहार गरेको आरोपमा कोटेश्वर र जडीबुटी क्षेत्रबाट १० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनुषाका ४० वर्षीय सूर्यबहादुर देवकोटा, दोलखाका ३२ वर्षीय प्रकाश शिवाकोटी, भक्तपुरका ५५ वर्षीय हरिभजन थापा, दोलखाका ३८ वर्षीय डिल्लीप्रसाद लामिछाने, र सिन्धुपाल्चोकका २८ वर्षीय सुरेश तामाङ रहेका छन्।

यसैगरी सिन्धुलीका २७ वर्षीय तिलककुमार थापा, दोलखाका २६ वर्षीय खड्कबहादुर तामाङ, सिन्धुलीका ३६ वर्षीय डोरकुमार श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय नन्दलाल बुढाथोकी, र सिन्धुपाल्चोकका ३६ वर्षीय राजेश सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सो क्षेत्रमा सञ्चालित बस काउन्टरका कर्मचारी, चालक तथा सहचालक रहेका व्यक्तिहरूले यात्रु तानातान गर्ने र झोला खोस्ने जस्ता अभद्र कार्य गरिरहेको अवस्थामा फेला परेको हो। पक्राउ परेका सबै जनालाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर