Wednesday, June 24, 2026

चालु आर्थिक वर्षको ११ महिनामा भित्रिए साढे १० हजारभन्दा बढी ईभी

बारा, १० असार । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयातमा ठूलो वैदेशिक मुद्रा बाहिरिएको छ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस अवधिमा कुल २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८ सय ४५ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

नेपाली बजारमा इन्धनको विकल्पका रूपमा विद्युतीय गाडीतर्फ उपभोक्ताको आकर्षण बढ्दै गएका कारण आयातको यो आकार मजबुत देखिएको हो। विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमतासम्मका विभिन्न ढाँचा र ब्रान्डका विद्युतीय सवारीसाधनहरू नेपाल भित्रिएका हुन्।

आयातित सवारीसाधनहरूमध्ये ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका गाडीहरूको माग सबैभन्दा बढी देखिएको छ। तथ्याङ्क अनुसार सो अवधिमा १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बराबरका ५१ देखि १०० किलोवाटका कुल ६ हजार ३५७ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

यस्तै, मध्यम तथा शहरी क्षेत्रमा बढी उपयोगी मानिने ५० किलोवाट क्षमताका साना विद्युतीय सवारीसाधन् ५ अर्ब ६५ करोड रुपैयाँका ३ हजार ६८० वटा वाहन नेपाल भित्रिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर