Wednesday, June 24, 2026

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

बारा, १० असार । तराई क्षेत्रमा पछिल्लो समय तापक्रम निरन्तर उकालो लागिरहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन र तातोबाट जोगिन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार आगामी तीन दिनसम्म विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भेगमा अत्यधिक तातो हावा (लु) चल्ने पूर्वानुमान गरिएको छ।

यसका साथै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना रहेकाले ती क्षेत्रका नागरिकलाई समेत सचेत रहन भनिएको छ। हाल बाराको कलैयामा तापक्रम ३६ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी दिनहरूमा तराईमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने विभागको प्रक्षेपण छ।

मौसममा आएको परिवर्तन र बढ्दो तापक्रमका कारण सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विभागले सुरक्षात्मक उपायहरू पालना गर्न सुझाएको छ।

विभागले अत्यावश्यक कामबाहेक दिउँसोको चर्को घाममा घरबाहिर ननिस्कन, शरीरमा जलवियोजन हुन नदिन पर्याप्त मात्रामा पानी पिउन तथा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न आग्रह गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर