Saturday, June 27, 2026

नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदी सरकारसँग नेपालको आग्रह

बारा, १३ असार । युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत महामहिम फहद मोहम्मद ए. म्निखर तथा प्रथम सचिव अब्दुल रहमान के. घोषोमबीच शिष्टाचार भेटवार्ता भएको छ। उक्त भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय हित तथा नेपाली श्रमिकका समसामयिक समस्याका विषयमा छलफल भएको थियो।

भेटका क्रममा मन्त्री यादवले साउदी अरब सरकारले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गरेका छन्।

नयाँ व्यवस्थाका कारण नेपाली श्रमिकहरूको भिसा प्रक्रियामा कुनै पनि अवरोध वा प्रभाव नपरोस् र साउदी जाने प्रक्रिया यथावत् रूपमा अगाडि बढोस् भन्ने विषयमा उनले जोड दिएका थिए।

हाल साउदी अरब जाने अन्तिम तयारीमा रहेका धेरै नेपाली श्रमिकहरू सिप प्रमाणीकरण प्रक्रियासम्बन्धी अन्योलका कारण समस्यामा परेका छन्। श्रमिकहरूको यो अन्योलता र समस्याप्रति साउदी कूटनीतिज्ञहरूको ध्यानाकर्षण गराउँदै मन्त्री यादवले उनीहरूको रोजगारी सुरक्षित हुने र कुनै पनि अवरोध नआउने वातावरण सुनिश्चित गर्न आग्रह गरे।

मन्त्री यादवले सिप प्रमाणीकरण जस्ता महत्वपूर्ण र प्राविधिक प्रक्रियासँग सम्बन्धित सबै विषयहरूलाई दुवै देशको आपसी परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्रमार्फत नै समाधान गरिनुपर्ने धारणा राखे।

नेपालको सो आग्रह पछि साउदी अरबका महामहिम राजदूतले साउदी सरकारसँग आवश्यक छलफल र परामर्श गरी यस सम्बन्धमा थप जानकारी छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर