Sunday, June 28, 2026

१ हजार ९ सय चालक ट्राफिक कारबाहीमा, ५ लाख ११ हजार राजस्व सङ्कलन

बारा, १४ असार ।  काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी र कारबाही तीव्र पारेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बितेका २४ घण्टामा मात्रै नियम विपरीत सवारीसाधन चलाउने १ हजार ९२२ जना चालकहरू कारबाहीमा परेका छन् । यसरी नियम मिच्ने चालकहरूमाथि गरिएको कारबाहीबाट राज्यकोषमा रु ५ लाख ११ हजार ५०१ राजस्व दाखिला भएको छ ।

कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा बढी अन्य विविध सवारी नियम पालना नगर्ने १ हजार २९६ जना रहेका छन् । यसैगरी तीव्र गतिमा सवारीसाधन हुइँक्याउने १३९ जना, सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १२९ जना र मादकपदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ९२ जनालाई प्रहरीले कारबाही गरेको छ ।

नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ७८ जना, एकतर्फी (वान वे) सडकमा सवारीसाधन चलाउने ७० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ६७ जना, लेन अनुशासन पालना नगर्ने ४१ जना र कालो सिसा राखेर सवारीसाधन सञ्चालन गर्ने १० जना चालक पनि २४ घण्टाभित्रै कारबाहीको दायरामा आएका छन् ।

उपत्यकाको यातायात व्यवस्थालाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक प्रहरीले यस्तो सक्रियता देखाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर