Sunday, June 28, 2026

बारा : अभद्र व्यवहार मुद्दामा वडा अध्यक्ष पक्राउ

बारा, १४ असार ।  बाराको प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष ३७ वर्षीय बृजकिशोर कुशवाहा अभद्र व्यवहारको मुद्दामा पक्राउ परेका छन्।

जिल्ला अदालतको अनुमति र जारी भएको पक्राउ पुर्जीका आधारमा वडा अध्यक्ष कुशवाहालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले उनलाई कलैया उपमहानगरपालिका–२३ बरैटपुरस्थित आफ्नै निवासबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मीनबहादुर घलेका अनुसार वडा अध्यक्ष कुशवाहामाथि चालू अवस्थामा रहेको अभद्र व्यवहार सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर