रौतहट, १४ असार। रौतहटमा बागमती नदीमा दाउरा निकाल्ने क्रममा डुबेर दुई जना ८ वर्षिय बालकको मृत्यु भएको छ।
रौतहटको गढिमाई नगरपालिका १ हरैया घाट स्थित बागमती नदीमा ८ वर्षका आदित्य यादव र अनिकेस यादव नदीमा दाउरा निकाल्ने क्रममा डुबेर बेपता भएका थिए।
बेपत्ता भएपछि सशस्त्र प्रहरी बल,नेपाल सुरक्षा बेश समनपुरबाट र नेपाल प्रहरीको संयुक्त टोलीले खोजतलास गर्ने क्रममा ३ बजेतिर अनिकेस यादव र झण्डै ४ बजे आदित्य यादव मृत अवस्थामा फेला पारेको हो।



