Monday, June 29, 2026

बारामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

बारा, १५ असार। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ एर्पोट नजिकै सिमरा–डुमरवना भित्री सडक खण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

डुमरवना बाट सिमरा तर्फ जाँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशामा गइरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्र्याक्टरलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो। ठक्करपछि स्कुटर ट्र्याक्टरमुनि पसेर गम्भीर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ बस्ने १७ वर्षीय लक्की सराफ गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारपछि एलएस न्युरो अस्पताल, परवानीपुर लगिएकोमा साँझ चिकित्सकले मृत घोषणा गरेका छन्।

स्कुटर पछाडि सवार १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका छन् भने मोटरसाइकल चालक २९ वर्षीय रइफुल आलम अन्सारी मध्यम घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न सवारी साधन र ट्र्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर