Friday, July 3, 2026

स्रोत नखुलेको ३९ लाख ४१ हजारसहित बाराका एक जना पक्राउ

बारा, १९ असार । काठमाडौँको जम्बुडाँडा क्षेत्रबाट प्रहरीले स्रोत नखुलेको ठुलो परिमाणको नगद रकमसहित बाराका एक जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बिहीबार अपराह्न ३९ लाख ४१ हजार ६२० रुपैयाँसहित बाराका २३ वर्षीय एक युवक पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–७ घर भई हाल काठमाडौँको कालीमाटी बस्ने २३ वर्षका मनमोहन साह कलवार रहेका छन्। शङ्कास्पद रूपमा झोला बोकेर हिँडिरहेको अवस्थामा फेला परेका उनलाई प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँको जम्बुडाँडास्थित पहेँलो पुल नजिकै पैदल हिँडिरहेका कलवारलाई प्रहरीले रोकेर खानतलासी गरेको थियो। सोही क्रममा उनको साथमा रहेको झोलाबाट स्रोत नखुलेको उक्त ३९ लाख ४१ हजार ६२० रुपैयाँ नगद फेला परेपछि रकमसहित उनलाई नियन्त्रणमा लिइएको हो।

उक्त रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले उनलाई थप कानुनी कारबाही र विस्तृत अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धमा राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर