Sunday, July 5, 2026

महोत्तरीमा ४८७ किलो गाँजासहित दुई जना पक्राउ

बारा, २१ असार । महोत्तरीमा प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध गाँजासहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–६ भकुण्डेका २१ वर्षीय विपस नेगी र वडा नं १ क्यूरेनीका २४ वर्षीय साधुराम थिङ रहेका छन्।

महोत्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी पन्चलाल गोलेका अनुसार असार २० गते राति सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेक्वाको टोलीले महोत्तरी गाउँपालिका–१ स्थित भटौलियामा ना ३ ख ६५९२ नम्बरको ट्रक जाँच गर्दा प्लास्टिकमा बेरेर राखिएको ४० किलो ३६० ग्राम गाँजा पहिलो पटक बरामद गरी जिल्ला प्रहरीलाई बुझाएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान र पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा खोजी कार्यलाई तीव्र पारिएपछि यस घटनामा थप ठूलो सफलता मिलेको हो। सोही अनुसन्धानका क्रममा आज बिहान महोत्तरी गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा प्रहरीले खानतलासी गर्दा थप ४४६ किलो ७४५ ग्राम गाँजा फेला पारेको डीएसपी गोलेले जानकारी दिए।

यससँगै दुवै स्थानबाट गरी जम्मा ४८७ किलो १०५ ग्राम गाँजा बरामद भएको छ। हाल बरामद गरिएको गाँजा, ट्रक र पक्राउ परेका चालक नेगी तथा थिङविरुद्ध लागूऔषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर