Tuesday, July 7, 2026

पर्सा राष्ट्रिय निकुञ्जबाट ठूलो परिमाणमा गाँजा बरामद, दुई जना पक्राउ

बारा, २३ असार । पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाकाबाट भारी परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री सबुज गणबाट खटिएको गस्ती टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सुरक्षा पोष्ट प्रतापपुरबाट सोमबार खटिएको सेनाको टोलीले मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने निकुञ्जको कोर ईलाक बगई खोला नजिकैबाट १६६ केजी गाँजा बरामद गरेको हो।

निकुञ्ज क्षेत्रमा हुन सक्ने अवैध गतिविधि र ओसारपसार नियन्त्रणका लागि खटिएको नियमित गस्तीका क्रममा नियन्त्रणमा लिएको जनाइएको छ। सेनाको टोलीले गाँजा ओसारपसारमा संलग्न मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. ३, पलासे बस्ने ५४ वर्षीय विक्रम सिंतान र ४८ वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरेको छ।

बरामद गरिएको अवैध गाँजा र पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाउनका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा बुझाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर