Friday, July 10, 2026

गणेश नेपाली आत्मदाह प्रकरण: छानबिनका लागि ५ सदस्यीय समिति गठन, ३ नगर प्रहरी नियन्त्रणमा

बारा, असार २६ गते । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेपछि उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिँदै नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको संयोजकत्वमा उक्त छानबिन समिति गठन गरिएको जानकारी गराएका हुन।

गृहमन्त्री गुरुङले घटनाको अनुसन्धान तथा सोधपुछका लागि काठमाडौँ महानगरपालिकाका तीन जना नगर प्रहरीलाई समेत नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । संसद्को रोस्ट्रममा सम्बोधन गर्ने क्रममा भावुक बन्नुभएका गृहमन्त्रीले मृतक नेपालीको सवारी साधनमा ट्राफिक प्रहरीले नभई नगर प्रहरीले ह्वील लक लगाएको र यस घटनामा स्थानीय तहको भूमिका जोडिएको उल्लेख गरे ।

सरकारले घाइते नेपालीलाई थप उपचारका लागि भारत पठाउने तयारी गरे पनि चिकित्सकहरूको सल्लाहबमोजिम स्वास्थ्य अवस्था नाजुक भएकाले लैजान नसकिएको र अथक प्रयासका बाबजुद उनलाई बचाउन नसकिएको भन्दै गृहमन्त्रीले संसद्मा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर