बारा, २६ असार । सर्लाहीको गोडैता नगरपालिका–१० मा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार दिउँसो ३४ वर्षीय विवेक मण्डलले घरायसी विवादका कारण घरबाट निस्किएर सडकमा गई शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्। घटना लगत्तै स्थानीय बासिन्दा र प्रहरीले उनको उद्धार गरी अस्पताल पुर्याएका थिए।
शरीरको अधिकांस भाग जलेको हुनाले अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ। हाल स्थानीय अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
यसअघि मात्रै बुधबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँगको विवादपछि मुगुका २५ वर्षीय गणेश नेपालीले आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । उनको उपचारका क्रममा शुक्रबार निधन भएको छ।



