Saturday, July 11, 2026

पर्सामा ४ केजी ५४० ग्राम गाँजासहित २२ वर्षिय युवक पक्राउ

वीरगञ्ज, २७ असार। पर्सा प्रहरीले ४ केजी ५४० ग्राम लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाका आधारमा असार २६ गते दिउँसो करिब २ बजे धोबी गाउँपालिका–३ बुधनगरस्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय ओडारबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेको BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गरेको थियो।

प्रहरीले मोटरसाइकलको डिक्कीभित्र रातो प्लास्टिकको बोरामा लुकाइछिपाइ राखिएको ४ केजी ५४० ग्राम गाँजा बरामद गरेको जनाएको छ। गाँजासहित मोटरसाइकल चालक भारतको बिहार राज्य, पश्चिमी चम्पारण निवासी २२ वर्षीय रुपेश कुमारलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

बरामद गाँजा, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार सीमावर्ती क्षेत्रबाट लागुऔषध ओसारपसार रोक्न चेकजाँचलाई थप कडाइ गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर