Monday, July 13, 2026

आज सुनको मूल्य बढ्दा चाँदीको घट्यो

बारा, २८ असार । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर चार हजार ४ सय ७५ कायम भएको महासंघले जनाएको छ ।

यस अघि शुक्रबार चाँदी प्रतितोला चार हजार ५ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर