बारा, २९ असार। बाराको महागढीमाई नगरपालिका अन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र–०५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञान सागर चौधरीको हिजो भएको असामयिक निधनमा नगरपालिकले आज शोक बिदा दिएको छ।
उनको निधनले सम्पूर्ण नगरपालिका परिवारलाई स्तब्ध तथा शोकाकुल बनाएको भन्दै दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति नगरपालिकाले गहिरो समवेदना व्यक्त गरेको छ।
यस दुःखद घटनालाई मध्यनजर गर्दै सामाजिक सञ्जालमा एउटा पोष्ट गर्दै आज मिति २०८३ असार २९ गते सोमबारका दिन महागढीमाई नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरूमा स्थानीय शोक बिदा घोषणा गरिएको छ।
विज्ञप्ति 



