बारा, ३० असार । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरण प्रणालीलाई पुनः पुरानै अवस्थामा फर्काएको छ।
इन्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरूबाट ग्यास लोडिङको अवस्थामा सुधार आएपछि १४.२ केजीकै सिलिन्डरको उच्च माग भएपछि निगमले निर्णय लिएको हो।
यसअघि अस्थायी रूपमा ७.१ केजीका आधा ग्यास सिलिन्डर भर्ने र वितरण गर्ने व्यवस्था गरिएकोमा त्यसलाई पूर्ण रूपमा अन्त्य गरिएको छ।
निगमका अनुसार असार ३१ गते बुधबारदेखि देशभर नै साविककै १४.२ केजी क्षमताको ग्यास सिलिन्डर भर्ने र यसको पूरा मूल्य प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।



