Thursday, September 3, 2026

हुलास स्टिललाई ५ लाख जरिवाना

Advertisement
Advertisement Advertisement

बारा, ०१ साउन । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वातावरणीय दायित्व पूरा नगरेको ठहर गर्दै सिमरास्थित हुलास स्टिल इण्डष्ट्रिज लिमिटेडलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ।

उपमहानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखा र नगर प्रहरीको संयुक्त टोलीले गत असार ७ गते गरेको अनुगमनका क्रममा उद्योगले औद्योगिक फोहोर, स्लरी तथा तेलजन्य पदार्थ जथाभावी फालेको, फोहोरपानीको उचित व्यवस्थापन नगरेको र स्वीकृत वातावरणीय मापदण्ड पालना नगरेको फेला पारेको थियो।

अनुगमनपछि मागिएको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएपछि असार २५ गतेको प्रशासनिक निर्णयअनुसार उद्योगलाई आर्थिक दण्ड गरिएको हो। उपमहानगरपालिकाले उद्योगलाई सूचना पाएको ७ दिनभित्र जरिवाना रकम बुझाउन र प्रदूषण नियन्त्रणका लागि तत्काल सुधारात्मक काम सुरु गर्न निर्देशन दिएको छ। उद्योगबाट निस्कने धुलो, धुवाँ, फोहोरपानी र औद्योगिक अवशेषको वैज्ञानिक व्यवस्थापन गरी सोको प्रतिवेदन बुझाउन भन्दै नगरपालिकाले निर्देशन पालना नभए थप कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिएको छ।

बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रका उद्योगहरूबाट हुने प्रदूषणका कारण स्थानीयवासी लामो समयदेखि प्रभावित भइरहेका बेला उपमहानगरपालिकाले वातावरणीय नियम उल्लंघन गर्ने उद्योगमाथि निगरानी र कारबाही तीव्र पार्ने नीति अनुरूप यो कदम चालेको हो।

प्रतिक्रिया लेख्नुहोस्
Advertisement spot_img
Advertisement spot_img
Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर