Friday, July 17, 2026

पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा

बारा, ०१ साउन । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दायर गरिएका पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार थुनछेक बहसपछि पौडेललाई थुनामा राख्न नपर्ने भन्दै मुद्दाको पुर्पक्षका लागि साधारण तारेखमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।  

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बिहीबार मात्रै पौडेलसहित १६ प्रतिवादी विरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी पूरक अभियोगपत्र दायर गरेको थियो। व्यवसायी दीपक भट्टको अवैध सम्पत्ति शुद्धीकरणमा मतियारको भूमिका खेलेको आरोप लगाउँदै विभागले पौडेलसँग २० करोड ९० लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। साथै, उनको बैंक खातामा रहेको ६ लाख ३४ हजार रुपैयाँ समेत जफत गर्न माग गरिएको छ। असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेलले भने आफूमाथिका सम्पूर्ण आरोपहरू अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर