Saturday, July 18, 2026

नेपाल कपडा तथा सिलाई व्यवसायी संघ बाराको नयाँ कार्यसमिति गठन

बारा, ०२ साउन । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ जिल्ला कार्य समिति बाराको हालै सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले रहमतुल्लाह मन्सूरलाई पुनः सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको छ।

कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको उक्त अधिवेशनले मन्सूरको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा विस्तार गरेको हो। उक्त कार्यक्रममा जिल्लाभरका कपडा तथा सिलाई व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको थियो, जहाँ उनीहरूले व्यवसायमा देखिएका समसामयिक चुनौतीहरू, हक-हितको संरक्षण, संगठन विस्तार र आपसी एकतालाई बलियो बनाउने विषयमा केन्द्रित रहेर घनीभूत छलफल गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि एवं संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपालमा सिलाई तथा कपडा व्यवसाय स्वरोजगारको एक बलियो माध्यम भएको र यसले लाखौं नागरिकलाई आत्मनिर्भर बनाएको उल्लेख गर्नुभयो। उहाँले सीपमा आधारित यो पेशा निकै सम्मानजनक र तत्कालै प्रतिफल दिने खालको भएकाले व्यवसायीहरूलाई आफ्नो कामप्रति गर्व गर्न प्रेरित गर्नुभयो। साथै, राज्यले यस क्षेत्रको प्रवर्द्धनका लागि सहुलियतपूर्ण कर्जा र व्यवसायमैत्री नीति ल्याउनुपर्नेमा जोड दिँदै नवनिर्वाचित टोलीलाई विधानसम्मत र सक्रिय ढंगले काम गर्न शुभकामना दिनुभयो।

जिल्ला अध्यक्ष रहमतुल्लाह मन्सूरको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा केन्द्रीय तथा प्रादेशिक तहका विभिन्न पदाधिकारीहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। अधिवेशनबाट उपाध्यक्षमा गुलटेन अन्सारी, सचिवमा अख्तर अन्सारी, सह-सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा बसिर मन्सूर चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा नेहा गिरी, रुक्सिदा अनवरी, जिरीमाया बल, अनिता देवी, अक्तर मियाँ र गुलगुल दास सर्वसम्मत चुनिएका छन्। नयाँ नेतृत्व सम्हालेसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आगामी दिनमा व्यवसायको आधुनिकीकरण र व्यवसायीहरूको हक-हितका लागि पूर्ण प्रतिबद्ध भएर लाग्ने संकल्प व्यक्त गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर