Monday, July 20, 2026

नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्ड राति १० बजेदेखि बन्द

बारा, ०३ साउन । लगातारको वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ–मुग्लिङ–काठमाडौँ सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार एक सूचना जारी गर्दै आज आइतबार राति १० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस सडकखण्डमा चल्ने सबै प्रकारका सवारी साधनहरूको आवतजावतमा रोक लगाइएको जानकारी दिनुभएको हो।

चितवन, धादिङ र आसपासका जिल्लाहरूमा लगातार वर्षा जारी रहने तथा जोखिम अझै बढ्न सक्ने मौसम पूर्वानुमानका आधारमा यात्रु तथा सवारी साधनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै यो कदम चालिएको प्रशासनले जनाएको छ।

साथै, यात्राका क्रममा कुनै पनि आवश्यक जानकारी, समन्वय तथा उद्धार सम्बन्धी सहयोग चाहिएमा नेपाल प्रहरीको नम्बर (१००), सशस्त्र प्रहरी बलको नम्बर (१११४), जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र वा जिल्ला प्रहरी कार्यालय, चितवनमा सम्पर्क गर्न समेत सर्वसाधारणमा अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Advertisement

Advertisementspot_img
Advertisement
Advertisement

ट्रेन्डिङ

Advertisementspot_img
Advertisementspot_img

सम्बन्धित खबर

ताजाखबर