बारा, ०४ साउन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापनका निम्ति ३५ दिने म्यादसहित आवेदन माग गरेको छ।
समितिले साउन ४ गते सूचना प्रकाशन गर्दै तोकिएको ढाँचामा निवेदन फाराम भरी स्थानीय तहका तोकिएका स्थानहरूमा खटिएका लगत सङ्कलकमार्फत पेस गर्न आग्रह गरेको हो। दोस्रो पटक सूचना प्रकाशन भइसकेका स्थानीय तहहरूको हकमा भने यो अन्तिम पटकको सूचना हुने समितिले स्पष्ट पारेको छ।
सूचना अन्तर्गत बारा जिल्लाका ६ वटा स्थानीय तहहरू समेटिएका छन्। सिम्रौनगढ नगरपालिका, परवानीपुर गाउँपालिका, देवतालगाउँपालिका, विश्रामपुर गाउँपालिका, करैयामाई गाउँपालिका र कलैया उपमहानगरपालिका रहेका छन्।
पालिका भित्र रहेका लक्षित वर्गले सूचना जारी भएको ३५ दिनभित्र आफ्नो विवरणसहितको निवेदन बुझाइसक्नुपर्नेछ।




